निरन्तर तीन दिन घट्यो शेयर बजार, बिहीबार भने नेप्से घट्दा कारोबार बढ्यो

काठमाडौं । साताको अन्तिम दिन  शेयर बजार बिहीबार पनि घटेको छ ।
बजेट सार्वजनिक भए पछि खासै बढ्न नसकेको शेयर बजार मंगलबार, बुधबार र बिहीबार निरन्तर घटेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५१.३३ विन्दुमा स्थिर रह्यो । साथै फोल्ट इन्डेक्स ०.२६ अंकले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०८ अंकले बढेको हो ।

बिहीबार ३११ वटा कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार पुगेको छ । जुन बुधबारको तुलनामा २ अर्ब ८० करोड ७५ लाख ५२ हजारले बढेको हो । बुधबार ३१३ वटा कम्पनीको १ करोड ३७ लाख ८२ हजनार ४६८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार पुगेको थियो ।

यसैबीच बिहीबार बजार पुँजीकरण रकम भने ४३ खर्ब ९९ अर्ब १ करोड ११ लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ८ अर्ब ४५ करोड ९३ लाख पुगेको थियो ।

यसदिन ९४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन २ वटा उपमसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । जलविद्युत ३९ र लगानी ०.०४ अंकले बढ्दा बैंकिङ ६, विकास बैंक १६, वित्त ७, होटल र पर्यटन ३३, जीवन बीमा ७३, उत्पादन र प्रशोधन ७६, लघुवित्त १९, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा १५, व्यपारा ३७ र अन्य समूह १६ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, बुटवल पावर कम्पनी, ङादी ग्रुप र अरुण काबेली पावर कम्पनी रह्यो । राधी विद्युत कम्पनीको ९१ करोड २३ लाख, युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख, बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख, ङादी ग्रुपको ४३ करोड ३५ लाख र अरुण काबेली पावर कम्पनीको २९ करोड ३ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार