सानिमा फ्लेक्सी फण्डको इकाई खरिद बिक्री जेठ अन्तिम सातादेखि 

काठमाडौं । सानिमा क्यापिटलले सञ्चालनमा ल्याएको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु जेठ अन्तिम सातादेखि खरिद बिक्रीमा अर्थात् २६ गतेदेखि खरिद बिक्री गर्न सकिने भएको छ । सानिमा क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सानिमा फ्लेक्सी फण्ड नामको खुलामुखी फण्ड सञ्चालनमा ल्याएको हो ।

यस फण्डको सार्वजनिक निष्काशन गत फागुन ६ देखि फागुन २० गतेसम्म भएको थियो । अब भने जेठ २६ गतेदेखि यी फण्डको इकाई खरिद बिक्री गर्न सकिने छ । सार्वजनिक निष्काशन हुँदा इकाई खरिद गरेकाहरुको इकाई डिम्याट हुने क्रममा रहेकोले छिट्टै सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा पठाइने पनि क्यापिटलले जनाएको छ।

सानिमा क्यापिटलको नक्साल स्थित कार्यालयबाट इकाई खरिद तथा बिक्री गर्न सकिने छ। इच्छुक लगानीकर्ताले व्यवस्थित लगानी योजना  मार्फत सहभागी भई पनि फण्डमा लगानी गर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले माघ २ गते क्यापिटललाई खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशनको अनुमति दिएको थियो। यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार