CLI

नर्थ समीट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि माछापुच्छ्रे क्यापिटलसँग सम्झौता गरेको छ ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्।

नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रति शेयर अंकित मुल्य १०० रूपैयाँका दरले हुन आउने रकम ३८ करोड ४० लाख रूपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे।वा। क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave Your Comment

Related News