काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ,आईपीओ आगामी सोमबार (जेठ २६ गते) बाँडफाँट हुने भएको छ।
सान्भिको आईपीओ अत्यधिक आवेदन परेपछि बाँडफाँट गोलाप्रथाबाट हुनेछ। कम्पनीको आईपीओमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६६ हजार ७०२ जनाको हात भने खाली रहनेछ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ पुस ११ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन १५ गतेसम्म बाहल रहनेछ ।

