काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्न लागेकोमा आजसम्म नेप्सेमा कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेको अवस्थामा लगानीकर्ताहरुले उक्त घोषित लाभांश पाउने छन् ।

