काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुन प्रति तोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ९३ हजार ७०० थियो ।
चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँ थियो ।

