११.०६ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

काठमाडौं ।कारोबार साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक घटेको छ । नेप्से आज ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा आएको छ ।

आइतबार नेप्सेमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर कारोबार भएको छ । ३१३ कम्पनीको शेयर ८६ हजार ६३६ पटक कारोबार भएको छ ।

आज हाइड्रोपवार र होटल एण्ड टुरिजम उपसमूह बाहेक अन्य उपसमूह घटेका छन् ।

रिभर फल्स पावर र प्योर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ओम मेगा श्री फर्मासुटिकल्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार