एनसेलको ‘सधैँ अन’ योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । एनसेलले ‘सधै अन’ नामक प्याकेज योजना सार्वजनिक गरेको छ । एनसेलले मोबाइल डेटा तथा भ्वाइस प्याकको नयाँ योजनाका रुपमा ‘सधै अन’ प्याकेज ल्याएको हो ।

यो प्याक लिएपछि ग्राहकको मेन ब्यालेन्सबाट रकम नकाटिने र प्याकेज बाँकी छँदै समय सकिए अर्को प्लान लिँदा वा अर्को महिनामा उक्त खपत नभएको प्याक पनि प्रयोग गर्न पाइने (क्यारी अन हुने) एनसेलले जनाएको छ ।

यो प्याकेजसँगै यस अघि ६३ प्याक थियो भने अब जम्मा २० प्याक मात्रै हुनेछ । जसले गर्दा ग्राहकलाई धेरै प्याक हुँदा हुने कन्फ्युजन समेत कम हुने एनसेलले बताएको छ ।

एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजनाको रुपमा यस्तो भ्वाइस, डेटा तथा एसएमएस प्याक ल्याएको हो । अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु नपर्ने कम्पनीको दाबी छ ।

एनसेलका अनुसार यो प्याक लिएका ग्राहकलाई मोबाइल फोनबाट लिइएको डेटाबाटै दैनिक कार्यहरू गर्न सहज हुनेछ ।

ग्राहकले किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई सधैं अन अर्थात अनलाईन बस्न चाहिने डेटाको आवश्यकता एनसेले पूरा गर्ने पनि एलसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बताएका छन् ।

एनसेलका अनुसार यस्तो प्याकेज लिन एनसेलका ग्राहकले एस्टिडिक १२३ ह्यसज गरेर तोकिएको प्याक लिन सक्नेछन् । एनसेलले यस्तो प्योकजमा ३९९ रुपैयाँमा १२ जीबी फाजी डेटा, ३९९ मिनेट नै भ्वाइस सुविधा र ३९९ वटा नै एसएमएस सेवा २८ दिनसम्म प्रयोग गर्न सकिने सुविधा एनसेलले दिएको छ । यस्तो प्याक एनसेलले प्रिपेड ग्राहकलाई मात्रै दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार