काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको २०७९ बैठक आज २०८२ जेठ २६ गते, सोमबार दिनको २:०० बजेलाई तोकिएको छ ।
आजको प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसुची रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेस गर्ने कार्यसुची तय भएको छ ।
आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसुची रहेको छ । आठजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसैगरि आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको वैठक प्रतिपक्षदलको अबरोधको कारण बैसाख १२ गते देखी अबरुद्द छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिमा दिनु पर्ने संसदीय छानबीन समिति बनाउनु पर्ने माग राखी प्रतिपक्षले संसद अबरुद्द गरेको हो । अबरुद्द प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सभामुख देखी सरकार सत्तापक्षदलका नेता प्रतिपक्ष दलको बिचमा दिनदिनै छलफल भएपनि बैठक बस्न सकेको छैन । प्रतिपक्षदल मध्ये नेकपा माओवादी, राप्रपा लगायतका दल गृह मन्त्रीले संसदमा संस्वोधन गर्न दिने र अख्तियारको छानबीनलाई सहयोग गर्न तयार भएपनि रास्वपाले सो प्रस्ताव स्वीकार गरेको छैन ।

