समान्य अंकले घटेको सेयर बजारमा ३ अर्बको करोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार समान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार ९ दशमलव ५४ अंकले घटेर सेयर बजार २०१७.९७ अंकमा पुगेको छ ।ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव १७ अंकले घटेर ३ सय ५८ दशमलव ०९ अंकमा पुगेको छ ।

बुधबार कुल ३ सय १५ कम्पनीको ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ रहन पुग्यो । बुधबार बजार पुँजीकरण भने ३१ खर्ब ९९ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ रह्यो ।बुधबार ६६ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ७१ वटै कम्पनीको मुल्य घट्यो र ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

बुधबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ३ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी १० वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । उत्पादन ८९ दशमलव ६६, म्युअचल फण्ड ० दशमलव ०३ र लगानी ३१ दशमलव ४० अंकले बढ्को छ । त्यस्तै, बैकिङ ५ दशमलव ७९, विकास बैंक ३९ दशमलव ९९, फाइनान्स ८ दशमलव १५, होटल तथा पर्यटन ४१ दशमलव ७७, जलविघुत १९ दशमलव ६४, लगानी ० दशमलव ५२ ,जीवन बीमा १९ दशमलव १८,माइक्रोफाइनान्स २८ दशमलव १२, निर्जिबन बिमा ३७ दशमलव ३३ र अन्य १५ दशमलव २७ अंकले घटेको छ ।

बधुबार सबैभन्दा बढी कारोबार हुनेमा पिपल्स पावर, नेपाल फाइनान्स,सांग्रीला विकास बैंक, सोनापुर मिनरल्स र शिवम सिमेन्ट रहे । बुधबार पिपल्स पावरको ११ करोड ८९ लाख रुपैयाँ, नेपाल फाइनान्सको १० करोड ९४ लाख रुपैयाँ, सांग्रीलाको ७ करोड ९८ लाख रुपैयाँ , सोनापुरको ७ करोड ८२ लाख रुपैयाँ र शिवम  सिमेन्टको ७ करोड १६ लाख रुपैयाँ बराबर कारोबर भयो । बधुबार सबैभन्दा बढी कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहँदा सबैभन्दा बढी गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था र आरोन्टल होटल्स लिमिटेडका लगानीकर्ता रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार