रिलायबल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीकाे प्रस्तावित १२ प्रतिशत बाेनसमा शेयर मूल्य समायाेजन गरेकाे हाे ।

१२ प्रतिशत बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५२.६७ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीको अन्तिम पटक ५०६.९९ रुपैयाँमा शेयर कारोबार भएको थियो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । जसका लागि कम्पनीले जेठ २६ गतेलाई बुकक्लोज मिति तोकेको थियो । बुकक्लोज अनुसार जेठ २५ गते आइतबारसम्म नेप्सेमा शेयर काराेबार भइ कायम रहेका शेयरधनीले मात्र कम्पनीको बोनस शेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार