काठमाडौं । निरन्तर चार दिन घटे पछि साताको पहिलो दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार देखि आइतबारसम्म घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५१.७१ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट इन्डेक्स १.५५ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स े १.१४ अंकले बढेको हो ।
सोमबार ३२४ वटा कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम ४४ करोड ८० लाख ९५ हजारले कम हो । आइतबार ३१३ वटा कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १३ करोड ७४ लाख पुगेको थियो ।
यसैबीच सोमबार बजार पुँजीकरण रकम भने ४४ खर्ब १९ अर्ब २१ करोड पुगेको छ ।
यसदिन १९१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १० वटा उपमसमूह बढ्दा ३ वटा उपसमूह घटेको छ । बैंकिङ ६, विकास बैंक १०, वित्त १४, जलविद्युत ८२, लगानी १.२८, उत्पादन र प्रशोधन १५, लघुवित्त २३, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा ५४ र अन्य समूह ६० अंकले बढुदा होटल र पर्यटन १७, जीवन बीमा १३ र व्यापार १९ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड र सिइडीबी होल्डिङस लिमिटेड रह्यो । राधी विद्युत कम्पनीका ६२ करोड २८ लाख, युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख, बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ३९ करोड ८९ लाख र सिइडीबी होल्डिङस लिमिटेडको ३७ करोड ७९ लाख बराबर कारोबार भयो ।

