क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।  बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले दोसि करार गर्दै आठ बर्ष कैद सजाय निर्धारण गरेपछि उनी पुनराबलोकनको लागि पाटन उच्च अदालत गएका थिए ।

सन्दीपको मुद्दामा हिजो र दिनभरि बहस भएको थियो । उच्च अदालतका न्यायाधी सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाणडौ जिल्ला अदालतको फैसला उल्टाउदै सन्दीपलाई निर्दोष ठहर गरेको छ  ।

यस अघि काठमाण्डौ जिल्ला अदालतको फैसला पश्चात उनलाई नेपाल क्रिकेट संघले निलम्बनमा राखेको छ । उच्चको फैसलासँगै  क्यानले उनको  निलम्बन फुकुवा गर्न सक्नेछ ।

बलात्कारको मुद्दामा जिल्ला अदालतको आदेस पश्चात उनी निल्बनमा भएकोले क्रिकेट खेल्न पाएका छैनन्  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार