काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । जेठ २८ गते बुधबार बसेको संचालक समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले उक्त आर्थिक वर्ष २०८०/ ८१ को वित्तीय विवरण पारित गर्दै गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन। लगातार दोस्रो वर्ष लाभांश नदिने निर्णयले लगानीकर्ताहरूमा निराशा उत्पन्न हुन सक्ने देखिएको छ।

