RE
Global College

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा जारी अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सत्तापक्ष र विपक्षी दलबीच संवाद सकारात्मक दिशामा अगाडि बढिरहेको जानकारी दिए।

‘अवरोध चाँडै हट्नेछ,’ मन्त्री गुरुङले भने, ‘सरकार संसदको प्रभावकारिता कायम राख्न र बजेटको प्रक्रिया अवरुद्ध नहोस् भन्नेमा गम्भीर छ।’ उनले संवेदनशील विषयहरूलाई संसदीय प्रक्रियामार्फत छलफल गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै भने, ‘सानातिना विषय उठाएर राजनीतिक प्रक्रिया अप्ठ्यारो पार्नु उचित होइन।’

NECO

Leave Your Comment

Related News