काठमाडौं । पछिल्लो दुई दिन बढेको शेयर बजार बुधबार भने घटेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६८ अंकले घटेर ४५६.०८ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट इन्डेक्स ०.७३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१२ अंकले घटेको हो ।
बुधबार ३०७ वटा कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख ५ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम १९ करोड ३९ लाख ७६ हजारले कम हो । मंगलबार ३११ वटा कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १० अर्ब १६ करोड ९ लाख ८१ हजार पुगेको थियो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम भने ४४ खर्ब ३८ अर्ब १७ करोड पुगेको छ ।
यसदिन ७७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १७९ वटा कम्पनीको शेयर मूल्य घटेको र १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १ वटा उपसमूह बढ्दा बाँकी ११ वटा उपसमूह घटेको छ । जलविद्युत ४१ अंकले बढ्दा बैंकिङ ७, विकास बैंक ४३, वित्त ३२, होटल र पर्यटन ७४, लगानी १.२२, जीवन बीमा १११, उत्पादन र प्रशोधन ४४, लघुवित्त १९, निर्जीवन बीमा ८८, व्यापार ४० र अन्य समूह ३७ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, सानिमा माई हाइड्रोपावर , बुटवल पावर कम्पनी, युनिर्भसल पावर कम्पनी र चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । राधी विद्युत कम्पनीको ६१ करोड ५७ लाख, सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख , बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख, युनिर्भसल पावर कम्पनीको ४७ करोड ८५ लाख र चिलिमे हाइड्रोपावर कम्पनीको ४७ करोड ५२ लाख बराबर कारोबार भयो ।

