नेपाल पुर्नबिमा कम्पनीको लाभांस सुरक्षतित गर्ने अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ ।

जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश जेठ १७ गते हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार