ट्रेड टावरको आईपीओ बाँडफाँट हुँदै, साढे १८ लाखको हात खालि हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड हुँदैछ ।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा २१ लाख ६९ हजार ३९१ आवेदकले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो मागभन्दा ७.०८ गुणा बढी हो । अर्थात् ७ जनामा १ जनालाई मात्रै आईपी‌ओ पर्नेछ । आवेदन र मागअनुसार १८ लाख ४० हजार बढीको हात खालि हुनेछ ।

कम्पनीले ८१ करोड ५६ लाख रुपैयाँ जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि १०% ले हुन आउने ३ लाख ९७ हजार १६९ कित्ता बिक्री भइसकेको छ। यस्तै कर्मचारीका लागि ७९ हजार ४३३ कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८५ कित्ता छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार