काठमाडौं । सञ्चार तथा सूचना मन्त्रालयले सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन पेस गर्न भनेको छ ।
राससको महाप्रबन्धकका लागि ३० वर्ष पूरा नभइ ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्छ ।
आवेदनपश्चात् व्यावसायिक कार्य योजनाको मूल्याङ्कन, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा नियुक्तिको सिफारिस हुनेछ । मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धक नियुक्त गर्ने प्रावधान रहेको छ ।
महाप्रबन्धकको कार्यकाल ४ वर्षे हुने गरेकोमा बहालवाला महाप्रबन्धक सिद्धराज राईको कार्यकाल आगामी असार ६ गते सकिँदैछ ।

