काठमाडौं । नेपालमा बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । आज सुन प्रति तोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ९७ हजार १०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

