RE
Global College

कुमारी बैंकको ७ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी उक्त शेयर बिक्रीमा ल्याइएको हो ।

पहिलो प्राथमिकतामा बैंकका संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

NECO

Leave Your Comment

Related News