RE
Global College

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई चार वर्षको लागि नियुक्त गरेको छ  ।

घिमिरे इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशक बढि अनुभब साहिल गरेका  छन्  । घिमिरेले FCCA साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट EMBA  गरेका छन् ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउन नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त गरको पब्लिक लिमिटेड कम्पनी हो ।

NECO

Leave Your Comment

Related News