आज पनि घट्यो शेयर बजार, नेप्से १ अंकले घट्दा करिब साढे १ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार ेयर बजार घटेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने मंगलबार र बुधबार पुनः घटेको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.११ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.०६ अंकले घटेको हो ।

बुधबार ३१४ वटा कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ४३ करोड २६ लाख ३७ हजारले बढी हो । मंगलबार ३०६ वटा कम्पनीको १ करोड ६४ लाख ७७५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार पुगेको थियो ।

यसैबीच बुधबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २१ अर्ब १६ करोड पुगेको छ ।

यसदिन ८८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ५ वटा उपसमूह बढ्दा बाँकी ८ वटा उपसमूह घटेको छ । जलविद्युत २७, जीवन बीमा १९, उत्पादन र प्रशोधन २७, म्युअुचल फण्ड ०.०६ र अन्य समूह ५ अंकले बढ्दा बैंकिङ २, विकास बैंक ६८, वित्त ११, होटल र पर्यटन ८१, लगानी ०.०२, लघुवित्त २६, निर्जीवन बीमा ७६ र व्यापार ७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर , सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर कम्पनी ,ङादी ग्रुप कम्पनी र युनियन हाइड्रोपावर लिमिटेड रह्यो । सानिमा माई हाइड्रोपावरको ७१ करोड ७८ लाख , सिंगटी हाइड्रो इनर्जीको ६१ करोड ८० लाख, बुटवल पावर कम्पनीको ४५ करोड ३२ लाख ,ङादी ग्रुप कम्पनीको ३७ करोड ९२ लाख र युनियन हाइड्रोपावर लिमिटेडको ३० करोड ६ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार