काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । अघिल्लो साता बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने त्यसपछि क्रमशः घटेको हो ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ४४९.४८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.४४ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.०१ अंकले घटेको हो ।
बिहीबार ३१४ वटा कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख ८९ हजार पुगेको छ । जुन बुधबारको तुलनामा २ अर्ब १४ करोड ५६ लाख ३ हजारले कम हो । बुधबार ३१४ वटा कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार पुगेको थियो ।
यसैबीच बिहीबार बजार पुँजीकरण रकम भने ४३ खर्ब ७९ अर्ब ९० करोड पुगेको छ ।
यसदिन ४७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १३ वटै उपसमूह घटेको छ । बैंकिङ ७, विकास बैंक ६०, वित्त २२, होटल र पर्यटन ६८, जलविद्युत ५०, लगानी ०.८१, जीवन बीमा ५३, उत्पादन र प्रशोधन ७३, लघुवित्त ५०, म्युअुचल फण्ड ०.०५, निर्जीवन बीमा ४२, व्यापार १०५ र अन्य समूह २६ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप कम्पनी, बुटवल पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, सानिमा माई हाइड्रोपावर र राधी विद्युत कम्पनी रह्यो । ङादी ग्रुप कम्पनीको ८५ करोड ४४ लाख, बुटवल पावर कम्पनीको ५८ करोड ९ लाख, सिंगटी हाइड्रो इनर्जीको ४७ करोड ९१ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड १७ लाख र राधी विद्युत कम्पनीको ३५ करोड ४३ लाख बराबर कारोबार भयो ।

