सिम्रिक एयरले आइपीओ निष्कासन गर्ने

काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो ।

कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव सभामा पेस गर्ने निर्णय गरेको हो । यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुकासाथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार