काठमाडौं । मेरो माइक्रोफाइनान्स लिमिटेडले १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक शेयरधनीहरुले बिक्रीका लागि आवेदन दिएको उक्त शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर किन्नका लागि संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीबाट प्रर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि खुला गरिनेछ ।
शेयर प्रतिकित्ता ३२० देखि ३४० रुपैयाँसम्ममा खरिद गर्न सकिनेछ ।
न्यूनत्तम शेयर मूल्य भन्दा कम मूल्यमा दरखास्त आएमा त्यसको अन्तिम निर्णय गर्ने अधिकार बिक्रीकर्ता संस्थापक शेयरधनीहरुमा निहीत रहने बताइएको छ ।

