CLI
Global College

बजेट भन्दा माथि मुलुकको वैदेशिक व्यापार, करिब १९ खर्ब नजिक

काठमाडौं । मुलुकको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो वर्षको १५ खर्ब ९२ अर्ब रुपैयाँभन्दा करिब ३ खर्ब रुपैयाँले बढी हो।

व्यापार वृद्धिको मुख्य आधार भनेको निर्यातमा देखिएको ७७.७७ प्रतिशतको उच्च वृद्धि हो। अघिल्लो वर्षको १ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा यो वर्ष निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

त्यसैगरी, आयात पनि १३.१५ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। व्यापार घाटा ६.३० प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब रुपैयाँमा पुगेको छ।

व्यापार अनुपातमा पनि सुधार देखिएको छ। आयातरनिर्यात अनुपात १०.४४ बाट घटेर ६.६४ मा झरेको छ । जसले निर्यातमुखी व्यापार रणनीतिमा सकारात्मक संकेत देखाएको छ। कुल व्यापारमा निर्यातको हिस्सा ८.७४ प्रतिशतबाट बढेर १३.०८ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९१.२६ प्रतिशतबाट घटेर ८६.९२ प्रतिशतमा झरेको छ।

यसैबीच सरकारले चाुल आवको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको हो ।

Leave Your Comment

Related News