CLI

सर्वोत्तम स्टिल्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टिल्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

विशेष साधारण सभा यही असार २५ गते, काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ। सो सभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयका साथै, सोही अनुपातमा चुक्तापूँजी वृद्धि गर्ने उद्देश्यले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सर्वसाधारणलाई १२.६६३ प्रतिशत आईपीओ जारी गर्ने तयारीमा रहेको कम्पनीले यसको लागि विक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

Leave Your Comment

Related News