२५०० मा झर्यो नेप्से, २ अर्ब बढीले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । अघिल्लो साता बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने त्यसपछि क्रमशः घटेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३८ अंकले घटेर ४४४.१० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.३१ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.८५ अंकले घटेको हो ।

आइतबार ३१० वटा कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा २ अर्ब ८ करोड ५६ लाख ३१ हजारले कम हो ।

बिहीबार ३१४ वटा कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख ८९ हजार पुगेको थियो ।

यसैबीच आइतबार बजार पुँजीकरण रकम भने ४३ खर्ब २५ अर्ब २७ करोड पुगेको छ ।

यसदिन २३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १३ वटै उपसमूह घटेको छ । बैंकिङ ११, विकास बैंक ४७, वित्त २६, होटल र पर्यटन २१७, जलविद्युत १०१, लगानी १.०८, जीवन बीमा १३५, उत्पादन र प्रशोधन ७५, लघुवित्त ५४, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ५८, व्यापार २९ र अन्य समूह १४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा डोर्दी खोला जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप कम्पनी रह्यो । डोर्दी खोला जलविद्युत कम्पनीको ७५ करोड ७३ लाख , बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख, राधी विद्युत कम्पनीको ४९ करोड ७२ लाख, सानिमा माई हाइड्रोपावरको ४६ करोड ५६ लाख र ङादी ग्रुप कम्पनीको ४१ करोड २४ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार