काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त संख्याको शेयर बिक्रीमा राखेको हो ।
लघुवित्तको यो सेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्नेछ ।
३५ दिनसम्म पनि कुनै जानकारी नआएमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।

