काठमाडौं । रिलायबल समृद्धि योजना’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । यो बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड हो ।
योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र नेप्सेबीच सोमबार यस योजनाका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको हो। नेप्सेमा यस योजनाका कुल १२ करोड इकाइ सूचीकृत भएको छ ।
नेसेमा सूचीकृत भएसँगै यो म्युचुअल फन्डका इकाइहरु पनि मंगलबारबाट किनबेच गर्न सकिनेछ । नेप्सेले यस योजनालाई ‘आरएसवाई’ कारोबार संकेत प्रदान गरेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवद्र्धन यस योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। यो म्युचुअल फन्ड १० वर्षे अवधिको बन्दमुखी योजना हो।

