काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । यो सँगै मंगलबार घटेको शेयर बजार बुधबरा पनि घटेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घटेर ४४५.११ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०६ अंकले बढ्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने स्थिर रहेको छ ।
बुधबार ३११ वटा कम्पनीको १ करोड ३७ लाख५९ हजार ६०४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार पुगेको छ ।
जुन मंगलबारको तुलनामा १७ करोड ४९ लाख ५७ हजारले बढी हो । मंगलबार ३१६ वटा कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार पुगेको थियो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ३२ अर्ब ३० करोड पुगेको छ । मंगलबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ३२ अर्ब ८६ करोड पुगेको थियो ।
यसदिन ११२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मू्ल्य स्थिर रहेको छ ।
यस दिन ६ वटा उपसमूह बढ्दा ७ वटा पसमूह घटेको छ । विकास बंक १.३३, होटल र पर्यटन ९६, जलविद्युत २४, जीवन बीमा ८, म्युअुचल फण्ड ०.०१ र निर्जीवन बीमा १२ अंकले बढ्दा बैंकिङ १.२९, वित्त ११, लगानी ०.४३, उत्पादन र प्रशोधन १४, लघुवित्त १०, व्यापार ४५ र अन्य समूह ५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, राधी विद्युत कम्पनी , सानिमा माई हाइड्रोपावर र चन्द्रागिरी हिल्स लिमिटेड रह्यो । बुटवल पावर कम्पनीको ५३ करोड ९४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ३६ करोड १६ लाख, राधी विद्युत कम्पनीको २४ करोड ८९ लाख , सानिमा माई हाइड्रोपावरको २० करोड २० लाखर चन्द्रागिरी हिल्स लिमिटेडको १७ करोड ५० लाख बराबर कारोबार भयो ।

