अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भइ रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अर्यालले आगामी साउनदेखि लागू हुने गरी करार र अनौपचारिक क्षेत्रका श्रमिकका लागि सुरक्षा योजना सञ्चालन गरिने बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रमले पनि अनौपचारिक क्षेत्र र करारमा रहेका श्रमिकको सुरक्षा योजनालाई समेटेको भन्दै मन्त्री अर्यालले यसलाई सहज बनाउन श्रम र अर्थ मन्त्रालयका अधिकारीहरुबीच छलफल भएको जानकारी दिएका छन् ।

“करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि हामीले कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र अर्थमन्त्रालयसँग छलफल गरेका छौ,” उनले भने ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार