घरजग्गा कारोबार घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को वैशाख महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनु्सार बैशाख महिनामा देशभरी ४९ हजार ७८२ वटा लिखत पारित भएको छ ।

चैतमा ५० हजार २५२ वटा लिखत पारित भएको थियो । फागुनमा ४९ हजार २८७ वटा लिखत पारित भएका थिए । रियलइस्टेट क्षेत्रमा अपेक्षाकृत सुधार नआउँदा कारोबार घटिरहेको व्यवसायीहरु बताउँछन् । राष्ट्र बैंकले पनि रियलइस्टेट क्षेत्र मन्दीमै रहेको घुमाउरो स्वीकारोक्ति गरिसकेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनाको तुलनामा भने यस वर्षको बैशाख महिनामा घरजग्गा कारोबार बढेको छ । गत वर्षको वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखत पारित भएका थिए ।

यस वर्षको बैशाख महिनामा भएको घरजग्गा कारोबारबाट ३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको भूमी व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । चैत महिनामा घरजग्गाको किनबेचबाट ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

वैशाख महिनामा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीमा भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार