काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीको संस्थापकले धारण गरेको ४१ लाख ७० हजार ५ सय ९७ कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ६ लाख ४८ हजार ७ सय ६२ कित्ता र कम्पनीका कर्मचारीसँग रहेको २५ हजार ८ सय ५८ कित्ता गरि कुल ४८ लाख ४५ हजार २ सय १७ कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

