माबिलुङ इनर्जीले असार २२ देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दैछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त १८ लाख ९० हजार ५३० कित्ता शेयरमध्ये आयोजना प्रभावितका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता छुट्याइएको हो ।

प्रतिकित्ता मूल्य १०० रूपैयाँ निर्धारण गरिएको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आवेदन असार २२ देखि साउन ४ गतेसम्म दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार