एशियन लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

बिहीबार कायम अन्तिम शेयरमूल्य ५३८ रुपैयाँ ४४ पैसाको आधारमा नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता ५१९ रुपैयाँ ७७ पैसा तोकेको हो । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३० गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोकको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । असार १९ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार