CLI

दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

कर्णाली। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ ,IPO) मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले असार ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले गुल्मी र बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ । यसमा गुल्मीको मुसिकोट नगरपालिका, र बाग्लुङको गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिकाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीयहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरिएको छ । यो समूहका आवेदकहरूले पनि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

Leave Your Comment

Related News