काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ, यो सँगै अघिल्लो आइतबार देखि बढेको शेयर बजार सोमबार घटेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१३ अंकले घटेर ४५९.६६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.६२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स १.३९ अंकले घटेको हो ।
सोमबार ३११ वटा कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम १ अर्ब १२ करोड २६ लाख ७६ हजारले कम हो । आइतबार ३१८ वटा कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४४ खर्ब ७१ अर्ब ९४ करोड ८४ लाख पुगेको छ । आइतबार भने ४५ खर्ब ९ अर्ब १९ करोड ३६ लाख पुगेको थियो ।
यसदिन ३९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ।
यस दिन २ वटा उपसमूह बढ्दा ११ वटा उप समूह घटेको छ । होटल र पर्यटन ४२ , म्युअुचल फण्ड ०.०१ अंकले बढ्दा बैंकिङ ११ , विकास बैंक ४६, वित्त ९६, जलविद्युत ३७, लगानी ०.८५, जीवन बीमा १२५, उत्पादन र प्रशोधन ९०, लघुवित्त ३४, निर्जीवन बीमा ८४, व्यापार ५३ र अन्य समूह ४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स , एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, साहास उर्जा लिमिटेड र ङादी ग्रुप पावर रह्यो ।
नेपाल रिइन्स्योरेन्स कम्पनीको ८० करोड ७० लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख , एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २४ करोड १७ लाख, साहास उर्जा लिमिटेडको २० करोड ४५ लाख र ङादी ग्रुप पावरको १९ करोड ९३ लाख बराबर कारोबार भयो ।


