काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको १:१ अनुपातमा जारी भएको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। यो हकप्रद कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको हो।
लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो शेयर (Mero Share) बाट अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदनका लागि त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय. मुक्तिनाथ क्यापिटल, नक्साल, मुक्तिनाथ विकास बैंकका शाखाहरू (बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगर) दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरू
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

