काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ ।
कम्पनीले हाल कायम चुक्तापुँजीको अनुपात १ः०.४२ अनुसार हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर प्रतिकित्ता रू. १०० अंकित मूल्यमा जारी गर्नेछ ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो । अघिल्लो कारोबार दिन अर्थात् जेठ १४ गतेसम्म शेयरधनी दर्ता भएका व्यक्तिहरू मात्र यसमा आवेदन दिन पाउनेछन् ।
आवेदन दिने म्याद साउन १३ गतेसम्म रहेको छ ।

