लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख लगानी उठायो, आईपीओ ल्याउने योजनामा

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख रुपैंया लगानी संकलन गरेको छ। गत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रम मार्फत उपायले २७ करोड ५० लाखरुपैंयाको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको हो।

यसलाई कम्पनीले ‘क्वार्टरब्याक’ नाम दिएको छ। ‘क्वार्टरब्याक’ अमेरिकन फुटबलबाट प्रेरित नामाकरण हो । जसरी क्वार्टरब्याकको महत्वपूर्ण भूमिका खेलमा गोल सुनिश्चित गर्नमा हुन्छ, त्यस्तै गरि उपायका व्यक्तिगत लगानीकर्ताहरू ‘क्वार्टरब्याकहरू’ को लगानीले उपायलाई आफ्नो व्यवसाय तथा नाफाका लक्ष्यहरू हाँसिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

२०१९ मा स्थापना भएदेखि हालसम्म उपायले ७० करोड नेपाली रुपैयाँको लगानी हासिल गरिसकेको छ। नेपालको सबैभन्दा ठूलो निजी इक्विटी फर्म  Dolma Impact Fund जसमा FMO, BII, Swedfund, IFC, DFC, र JICA   लगानी गरेको छन् भने Dolma उपायको एक प्रमुख लगानीकर्ताको रुपमा रहेको छ।

आगामी दिनहरूमा, उपाय नेपालकै पहिलो एक लाख वर्गफुट भन्दा ठूलो तेस्रो पक्ष लजिस्टिक्स  (3PL) warehousing (वेरहाउस) सुविधालाई अघि बढाउन केन्द्रित रहने छ । कम्पनीले यस वृहत परियोजनाको लागि थप लगानीको खोजी गरिरहेको छ, जसका लागि केहि अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाहरूसंग सम्झौताहरु भइसकेको कम्पनीले जानकारी दिएको छ। थप उपाय निकट भविष्यमा नेपाल स्टक एक्सचेन्जमा आईपीओ मार्फत आफ्नो सेयरहरूको सार्वजनिक सूचीकरणको तयारी पनि गर्दैछ। यसका लागि पब्लिक कम्पनीको रुपमा रुपान्तण हुने योजनामा उपाय छ।

उपाय नेपाल बाहिर विस्तार भई अन्तर्राष्ट्रिय रुपमा संचालन गर्ने पनि योजना बनाइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार