CLI

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा १३.५३ गुणा बढीको आवेदन

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि निष्काशन गरेको आईपीओमा आवेदनको ओईरो लागेको छ । कम्पनीले आईपीओ निष्काशन गरेको पहिलो दिनमा नै १३.५३ गुणा आवेदन परेको हो।

सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड अनुसार बुधबार बिान १०ः२४ बजेसम्म १ अर्ब ४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा ८ लाख ७७ हजार ७४३ जना आवेदकबाट १ करोड ४ लाख ७४ हजार ५७० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले मंगलबारदेखि सर्वासाधारणका लागि ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । सर्वसाधारणका लागि आईपीओ खुलाएको यो दोस्रो चरणमा हो । पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमाआईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता सेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । लगानीकर्ताले छिटोमा असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको मोबाइल एप, मेरो शेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि सी आस्वा प्रणाली मार्फत आईपीओ भर्न सकिन्छ ।

यद्यपि, आवेदन न्यूनतम १० कित्ता र १० हजार कित्ताका लागि दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

Leave Your Comment

Related News