नेशनल लघुवित्तको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त शेयर बिक्री खुला गरेको हो ।

शेयर खरिदका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीका लागि उक्त शेयर निष्काशन गरेकोमा पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि उक्त शेयर बिक्रीमा ल्याइएको हो ।

शेयर खरिदका लागि इच्छुकले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार