८ वर्षे अवधिको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्काशन एवं बिक्रीवितरण गर्ने भएको छ ।

बैंकले आगामी साउन ६ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षितसहित १२ लाख कित्ता सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ ।

अणपत्रको वार्षिक ब्यादर ७ प्रतिशत रहेको छ । ऋणपत्रको अवधि ८ वर्ष रहनेछ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गत असार १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार