एसबीआई बैंकको ऋणपत्रमा आवेदन खुला, ब्याजदर कति?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधिको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत सुरक्षित गरेर व्यक्तिगत तबरबाट तथा ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरिनेछ ।

ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । ऋणपत्रमा छिटोमा साउन १ गतेभित्र र ढिलोमा साउन १२ गतेसम्म न्युनतम २५ कित्तादेखि अधितम् १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार