काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ ।
यस आधारमा साउन १ गतेदेखि कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका धितोपत्रसम्बन्धी सम्पूर्ण काम क्यापिटलमार्फत हुनेछ ।
गोर्खाज फाइनान्सको दोस्रो बजारमा ८६ लाख ७९ हजार ९३८ कित्ता शेयर सूचीकृत छ ।

