काठमाडौं । मौद्रिक नीति पछि शेयर बजार खुलुको दोस्रो दिनमा नेपाल स्टक एक्सचेञ्ज, नेप्से उच्च अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक पछि शेयर बजार खुलेको पहिलो दिन भने नेप्से र कारोबार बढेको थियो ।
साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८३ अंकले घटेर ४७४.३५ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.६८ र सेन्सेटिभ फोल्ट इन्डेक्स २.५२ अंकले घटेको हो ।
सोमबार ३२१ वटा कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ३ अर्ब २४ करोड ४२ लाख ८५ हजारले कम हो । आइतबार ३११ वटा कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ४१ अर्ब ८८ करोड ८९ लाख पुगेको छ ।
सोमबार ५० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १ वटा समूह बढ्दा १२ वटा समूह घटेको छ । जलविद्युत ५.३२ अंकले बढ्दा बैंकिङ ३७, विकास बैंक ८५, वित्त २९, होटल र पर्यटन १८, लगानी १.४२, जीवन बीमा १८२, उत्पादन र प्रशोधन ५७, लघुवित्त ६३, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा १३२, व्यापार २७ र अन्य समूह २९ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, बुटवल पावर कम्पनी, सानिमा बैंक, , एनआइसी एशिया बैंक र साहास उर्जा कम्पनी रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख, बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख, सानिमा बैंकको २४ करोड ७५ लाख , एनआइसी एशिया बैंकको २३ करोड ९० लाख र साहास उर्जा कम्पनीको १८ करोड १० लाख बराबर कारोबार भयो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिएको हो ।

