काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज बढेको छ । मंगलबार नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा बन्द भएको छ ।
आज ३१७ कम्पनीको ७४ हजार ५७ कित्ता शेयर कारोबार भएको छ । ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
आज नेप्सेका सबै उपसमूहहरु बढेका छन् ।
सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ४.६४ प्रतिशतले घटेको छ ।

