काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्दैछ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्नेछ।
बैंकमा १६ कम्पनी तथा व्यक्तिहरुको ०.५ प्रतिशतभन्दा बढी शेयर लगानी रहेको छ । हाल बैंकमा सर्वसाधारणको सेयर हिस्सा २७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत शेयर जारी गर्नुपर्ने नियामक व्यवस्थालाई पूरा गर्नका लागि यो एफपीओ निष्काशन गर्न लागिएको हो।
यो बिक्रीबाट कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ । हिमालयनले केयर रेटिङको बीबीबी (आईएस) रेटिङ पाएको थियो ।
बैंकको एफपीओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

